logo
  • आइतबार, असोज १८ २०८३

राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित


  • पब्लिक सूचना
  • बिहिबार, माघ ३ २०८१

काठमाडौं, माघ ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको चार अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका छन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सोमबार जारी गर्नुभएको थियो ।

यसैगरी, राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश भने बुधबार जारी गर्नुभएको थियो भने उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएको छैन ।

गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २९ वटा कानुन संशोधन गर्न पाँचवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend