logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता: एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी


  • पब्लिक सूचना
  • बुधबार, माघ २ २०८१

प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको‌ पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले‌ हरायो‌। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो ।

कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, रमा बुढाथोकी र गौरी बुढाथोकीले समान १० रन थपे । यसबाहेक, कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका  सार्वजनिक

एपिएफकी करुणा भण्डारीले ३ विकेट लिइन् । रेखा रावल र बिनु बुढाले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङको एपिएफले ममता चौधरी र कप्तान इन्दु वर्मा न २० ओभरमा १ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

ओपनर ममता चौधरीले सर्वाधिक ७८ रन बनाइन् । उनले ६६ बलमा १० चौका प्रहार गरिन् । कप्तान इन्दुले ३४ बलमा सात चौकासहित ५२ रन बनाइन्। अर्की ओपनर राजमती ऐरीले २४ बलमा तीन चौकासहित २२ रन जोडिन् ।

त्यसअघि उद्घाटन खेलमा मंगलवार सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो। ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो।

सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन्। गण्डकीकी लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले समान १ विकेट लिए।

टस हारेर ब्याटिङको निम्ता पाएको गण्डकीले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा ५५ रन बनायो। टोलीका रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाए।

सुदूरपश्चिमकी रेवती धामीले ४ विकेट तथा ऋतु कनौजिया र जानकी थापाले समान १ विकेट लिए। रेवती ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्।

प्रतियोगितामा ७ प्रदेश तथा दुई विभागीय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब गरि ९ टोलीको सहभागिता छ।

समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र आर्मी छन्।

प्रतियोगिताको उपाधि जित्नेले ५ लाख , दोस्रो ले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्लेयर अफ दी सिरिजलाई ५० हजार रुपैयाँ तथा बेस्ट ब्याटर र बेस्ट बलरले समान २५ हजार रुपैयाँ पाउनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र सुदूरपश्चिम प्रदेश क्रिकेट संघको व्यवस्थापनमा सञ्चालित प्रतियोगिता माघ १२ गतेसम्म चल्नेछ। प्रतियोगिताको उदघाटन सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य प्रकाश देउवाले गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend