logo
  • आइतबार, असोज १८ २०८३

महिला क्रिकेट टोलीले त्रिकोणात्मक सिरिज खेल्ने


  • पब्लिक सूचना
  • आइतबार, पुष २८ २०८१

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुने जनाएको छ ।

त्रिकोणात्मक सिरिज नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ । सिरिजका सबै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा हुनेछ ।

सिरिजकाे खेल तालिकामा अनुसार नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । सिरिजमा हरेक टाेलीले हरेकसँग तीन पटक खेल्नेछन् । लिग चरणकाे अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि ट्वान्टी आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

May be an image of text

सिरिजमा नेपाली टोलीको खेलतालिका

३० जनवरी अर्थात माघ १७ गते – नेदरल्याण्ड्ससँग
३१ जनवरी अर्थात माघ १८ गते – थाइल्याण्डसँग
२ फेब्रुअरी अर्थात माघ २० गते – नेदरल्याण्ड्ससँग
३ फेब्रुअरी अर्थात माघ २१ गते – थाइल्याण्डसँग
५ फेब्रुअरी अर्थात माघ २२ गते – नेदरल्याण्ड्ससँग
६ फेब्रुअरी अर्थात माघ २३ गते – थाइल्याण्डसँग

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend