पब्लिक सूचना
गौर, पुस २१ गते । शीतलहरसँगै बढेको अत्यधिक चिसोबाट बच्नका लागि आगो ताप्न दाउराको व्यवस्था नहुनाले सर्वसाधारणलाई समस्या भएको छ ।
बढ्दाे चिसोबाट नगरवासीलाई राहत दिलाउने उद्देश्यले स्थानीय निकाय लगायत सम्बन्धित निकायले दाउराको व्यवस्था नहुनाले सर्वसाधारण समस्यामा खेप्नु परेको हो ।
आगो ताप्न दाउराको व्यवस्था नहुनाले नगरक्षेत्रभित्र रहेका पसलेहरूले कार्टुन बालेर जसोतसो आगो बालेर ताप्नुपरेको बाध्यता रहेको स्थानयीवासीहरूले बताएका छन् ।
बजरिया क्षेत्रमा आगो ताप्न दाउराको व्यवस्था मिलाई दिन स्थानीय निकायहरूले पहल गर्नुपर्ने समाजसेवी आत्माराम ठाकुरकाे भनाइ छ । दिनानुदिन बढ्दै गएको जाडोबाट राहत दिलाउन नगरपालिकाले नगरको विभिन्न ठाउँमा आगो बाल्न दाउराको व्यवस्था गर्नुपर्ने तथा जिल्लाको प्रत्येक स्थानीय निकाय लगायत सम्बन्धित निकायले सर्वसाधारणलाई दाउराको व्यवस्था गरे राहत हुने स्थानीय पनिलाल महतोले बताउनुभयो ।
दिनानुदिन बढदै गएको जाडोबाट बच्नका लागि उनी कपडा, ज्याकेट, स्वीटर, जुता, कम्बल लगायतका सामान बिक्री गर्ने पसलहरूमा नेपाली तथा सीमावर्ती भारतीय क्षेत्रका ग्राहकहरूको भिड बढेको व्यवसायीहरूले बताएका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend