पब्लिक सूचना
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको छ।
बिहीबार बेलुकी टिकट खुलेकोमा केही घन्टामै सोल्ड आउट भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानले फाइनल खेलका लागि १० हजार बढी टिकट बेच्न लागेको हो। फाइनल खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र भिआइपी एक हजार रुपैयाँ तोकिएको थियो।
फाइनलमा शनिबार मध्यान्ह सवा १२ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।
फाइनल अघि जनकपुर र सुदूरपश्चिम दुई पटक आमनेसामने भइसकेका छन्।
लिग चरणको खेल र पहिलो क्वालिफायर खेलमा जनकपुर र सुदूरपश्चिम आमनेसामने भएका थिए। दुवै खेल सुदूरपश्चिमले जितेको थियो भने दुवै खेलमा दर्शक खचाखच थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend