पब्लिक सूचना
दसैंपछि अब शिवरात्रिमा नेपाली फिल्महरूबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।
चर्चित सिरियल ‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’, पल शाह र दीपिका प्रसाईं अभिनीत ‘मायावी’ सँगै विनय श्रेष्ठ र सुपुष्पा भट्ट अभिनीत ‘फेरि रेशम फिलीली’ फागुन १४ गतेदेखि एकसाथ प्रदर्शनमा आउने भएका हुन्।
यीमध्ये सुरूमा उक्त मिति ‘लाज शरणम्’ ले तय गरेको थियो। पछि ‘मायावी’ थपियो भने सोमबार मात्रै ‘फेरि रेशम फिलीली’ ले सोही मिति घोषणा गरेसँगै त्रिपक्षीय प्रतिस्पर्धा तय भएको हो।
कुमार कट्टेल (जिग्री) को निर्देशन रहेको ‘लाज शरणम्’ मा सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), विजय बराल, कमलमणि नेपाल, बबिन राई (गल्फने बाजे), हरिष निरौला (कक्रोज), सिताराम कट्टेल, प्रियना आचार्य (मुन्नी), माला लिम्बु, मुकुन्द श्रेष्ठ, देशभक्त खनाल लगायतको अभिनय छ।
त्यस्तै, दीवाकर भट्टराई निर्देशित ‘मायावी’ मा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईं लगायतको अभिनय छ।
यसैगरी ‘फेरि रेशम फिलीली’ मा विनय र सुपुष्पासँगै नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ। फिल्म निरोज महर्जनले निर्देशन गरेका हुन्।
यसअघि फागुन १६ मा आउने भनिएको फिल्म ‘होस्टेल ३’ को प्रदर्शन भने पोस्टपोन्ड भएको छ। फिल्म सो मितिमा नआउने भएको निर्देशक सशान कंडेलले बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend