logo
  • आइतबार, असोज १८ २०८३

लारा आज नेपाल आइपुग्ने


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर २८ २०८१

वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल‌ आइपुग्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

एनपिएल कै दौरान लारा नेपाल आउन लागेको उनको अन्य कार्यतालिकाबारे भने विज्ञप्तिमा खुलाइएको छैन । एनपिएलको ३२ मध्ये बिहीवारसम्म २१ खेल सकिएको छ।

ट्रिनिडाड एन्ड टोबागोका महान ब्याटर ५५ वर्षे लाराले ओडिआइ र टेस्ट क्रिकेट दुवैमा १० हजार भन्दा बढि रन बनाएका छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend