पब्लिक सूचना
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन्।
बुधवार तेह्रथुममा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका हुन्।
आफूले अघिल्लो कार्यकालमा देशभर ३९६ वटा १५ शय्याको अस्पताल निर्माण गर्न सुरू गरेको र अहिले सयभन्दा बढी सञ्चालन भइरहेको उनको भनाइ छ।
आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको दाबी गर्दै उनले भने, ‘१५ बेडको अस्पताल मैले एकै पटक देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ। त्यसका लागि बजेट छुट्याएको थियो। जसमा अहिले लगभग सय वटा अस्पताल चलिसके होलान्। मैले नै अहिले आएर धेरै वटा उद्घाटन पनि गरेँ। म हिँडे देश हिँड्न छोड्यो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो। म आएको छु, फेरि देश हिँड्छ।’
प्रधानमन्त्री ओलीले देशभरका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा पनि जोड दिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend