logo
  • आइतबार, असोज १८ २०८३

इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता


  • पब्लिक सूचना
  • बुधबार, मंसिर १२ २०८१

काठमाडौँ । इजरायल र लेबनानबिच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले अमेरिकाको मध्यस्थतामा हिजबुल्लाहले पठाएको युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।

यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबिच युद्धविराम भएको घोषणा गरेका थिए । बाइडेनले मङ्गलवार इजरायल र लेबनानमा हिजबुल्लाहबीचको संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ६० दिने युद्धविराम सम्झौता स्थायी हुनेगरी डिजाइन गरिएको बताए ।

सम्झौता स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेबाट लागू भएको छ । उनले आगामी ६० दिनमा इजरायलले बिस्तारै बाँकी सेनाहरू फिर्ता बोलाउने र दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रुपमा आफ्नो समुदायमा फर्किने विश्वास व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend