logo
  • आइतबार, असोज १८ २०८३

१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च, एउटैको ३५ प्रतिशतसम्म


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर ११ २०८१

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ।

एक वर्षदेखि किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा जनाइन्छ। १३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ। खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू छन्। नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै छ। यिनको खराब कर्जा क्रमशः ३४.८१ प्रतिशत र ३४.६४ प्रतिशत छ।

समृद्धि फाइनान्सको खराब कर्जा २३.४७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, पोखरा फाइनान्सको १४.४४ प्रतिशत छ। गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १३.५६ प्रतिशत, एक्सेल डेभलपमेन्टको ११.७३ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत छ।

त्यस्तै, नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत खराब कर्जा छ।

प्रोग्रेशिभ फाइनान्सको खराब कर्जा ७.४७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको भने ७.२७ प्रतिशत खराब कर्जा रहेको पहिलो त्रैमासको वित्तीय विवरणबाट देखिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend