पब्लिक सूचना
शुक्रबार दरबारमार्गमा हुने जागरण सभामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १:३० बजे दरबारमार्गमा हुने जागरण सभामा पुग्ने कार्यक्रम छ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा जागरण सभा हुन लागेको हो। संघीय सरकारको नेतृत्व गरिराखेको एमालेले सडकमा सभा गर्न लागेको हो।
जागरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्याली दरबारमार्ग पुग्ने एमालेले जनाएको छ।
भद्रकालीबाट सुरू हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले बताए पनि सत्तारूढ दलले सडकमा सभा गर्न लागेको भन्दै आलोचना पनि भएका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend