पब्लिक सूचना
काठमाडौं – गीतकार एवं लेखक मुकुन्दराज शर्माको निबन्धसङ्ग्रह ‘धोबीघाट मेलोडी’ शनिबार एक विशेष कार्यक्रमका बीच लोकार्पण गरियो। यस अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पुस्तकलाई साहित्यमा महत्वपूर्ण योगदान बताउँदै लेखकको लेखन शैलीको प्रशंसा गरे।

उपस्थित साहित्यकारहरूले पुस्तकको महत्व र लेखकको लेखनमा रहेको भावनात्मक गहिराइबारे मन्तव्य राखे। प्रा. डा. दयाराम श्रेष्ठले निबन्धमा संगीत र कविताको अनोठो ताल भएको टिप्पणी गरे भने अशेष मल्लले लेखकलाई दोस्रो शंकर लामिछानेको उपमा दिए।

‘धोबीघाट मेलोडी’ २४ निबन्धहरूको संग्रह हो, जुन लेखकले तीन खण्डमा विभाजित गरेका छन्: क्षणिकी, अनुभूति, र अन्तर्दृष्टि। यो कृति अब नेपालभर उपलब्ध छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend