पब्लिक सूचना
ला लिगा एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ।
रोबर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बार्सिलोनाले शनिवार रियल म्याड्रिडलाई ४-० ले हराउँदै शीर्ष स्थानमा थप मजबुत बनेको छ।

पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको ५४ औं मिनेटमा लेवान्डोस्कीले वान भर्सेस वानमा गोलको खाता खोलेका थिए। त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले हेड मार्फत अर्को गोल थपे।

बार्सिलोनाका लामिने यामलले ७७ औं मिनेटमा र राफिन्हाले ८४ औं मिनेटमा गोल गरेपछि रियल घरेलु मैदानमा पराजित भएको छ । रियलका केलियन एम्बाप्पेको २ गोल अफसाइड भएको थियो।
११ खेलमा १० जित र १ हारका साथ ३० अंकसहित बार्सिलोना शीर्ष स्थानमा बलियो बनेको छ। समान खेलमा पहिलो हार बेहोरेको रियलको ७ जित र ३ बराबरीका खेल्दै २४ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोनाले रियललाई ६ अंकले पछि पारेको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend