logo
  • आइतबार, असोज १८ २०८३

भिनिसियस जुनियरले ह्याट्रिकले गर्दा रियल म्याड्रिडको कमब्याक: डर्टमुण्डलाई ५-२ ले हरायो


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक ७ २०८१

अक्टोबर,२३, आशिष लामिछाने। च्याम्पियन्स लिगको हालैको खेलमा रियल म्याड्रिडले बोरुसिया डर्टमुण्डलाई ५-२ ले पराजित गर्‍यो।

May be an image of 1 person, playing football, playing soccer and text खेलको पहिलो हाफमा डर्टमुण्डले २-० को अग्रता बनाएको थियो। पहिलो गोल डोनीएल मालेनले गरे भने दोस्रो गोल जेमी बायनो-गिटेन्सले। तर, दोस्रो हाफमा रियल म्याड्रिडले उत्कृष्ट कमब्याक गर्दै ५ गोल गर्दै खेललाई आफ्नो पक्षमा पार्‍यो।

May be an image of soccer, football, cleats, crowd and text

रियलको तर्फबाट पहिलो गोल एन्तोनियो रुडिगरले गरे भने भिनिसियस जुनियरले ह्याट्रिक पूरा गरे। लुकास भास्क्वेजले पनि निर्णायक गोल गर्दै डर्टमुण्डको जितको सपना समाप्त गरिदिए। खेल अन्त्यतिर भिनिसियसको उत्कृष्ट प्रदर्शनले रियललाई फराकिलो जित दिलायो।​

May be an image of 1 person, playing football, playing soccer, cleats and text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend