logo
  • आइतबार, असोज १८ २०८३

इंग्लिस प्रिमियर लिग( इपिएल) मा म्यानचेस्टर युनाइटेडले सिजनको तेस्रो जित


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक ४ २०८१

इंग्लिस प्रिमियर लिग( इपिएल) मा म्यानचेस्टर युनाइटेडले सिजनको तेस्रो जित हासिल गरेको छ । आठौं खेलमा तेस्रो जित हात पार्ने क्रममा युनाईटेडले ब्रेन्टफर्डविरुद्ध २-१ को जित निकालेको हो ।

May be an image of 2 people, people playing soccer, people playing football and text

शनिवार घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाईटेडलाई जित दिलाउन अलेजान्द्रो गार्नाचो र रास्मस होएलन्डले गोल गरे । भ्रमणकारी टोलीका लागि इथन पिनोकले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने ब्रेन्टफर्डले लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा पिनोकको गोलमा ब्रेन्टफर्डले अग्रता लिएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै ४७ औं मिनेटमा गार्नाचोले युनाइटेडका लागि बराबरी गोल गरे । होएलन्डले ६२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

जितसँगै आठ खेलमा ११ अंक जोडेको युनाइटेड १०औं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड समान खेलबाट १० अंकका साथ १३औं स्थानमा छ ।

May be an image of 2 people, people playing soccer, people playing football and text that says 'ALIEJANDROGARNACHO ALEJANDRO GARNACHO OLD TRAFFORD. OLDTRAFFORD.MANCHESTER. MANO MANCHESTER. TRCHN PLAYER apdragon go the MA 17 吸 PREMIERLEAGUE PREMIERIEACGLEMSICHO6/38 PREMIER LEAGUE MATCH MATCH08/38 08/38 19/10/24'

May be an image of 1 person, playing soccer, playing football, cleats and text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend