logo
  • आइतबार, असोज १८ २०८३

कर्मामा विपिनको एक्सन


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक ३ २०८१

काठमाडौँ, कात्तिक ३ गते । चलचित्र कर्माको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित हुनुभएको छ । चलचित्रको घोषणा कार्यक्रममा विपिन कार्कीको तस्बिरसहितको पोस्टर सार्वजनिक गरिएको थियो । चलचित्र कर्माको निर्देशन सौरभ चौधरीले गर्दै हुनुहुन्छ । निर्देशक चौधरीको यो तेस्रो निर्देशन हो । यस चलचित्रमा कथासमेत निर्देशक चौधरीकै छ ।

Bipin Karki to star in action-drama 'Karma,' set for release on April 11 –  English.MakaluKhabar.com

चलचित्रमा एक्सन र ड्रामाको स्वाद दर्शकले पाउन सक्ने छन् । निर्देशक चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपिनलाई एक्सन भूमिकामा देख्न पाइने छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने कर्मामा वसन्त लम्सालको लगानी रहने जनाइएको छ ।

चलचित्रको छायाङ्कन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा अन्य कलाकारको समेत छनोट हुँदै गरेको निर्माण पक्षले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend