पब्लिक सूचना
शिवम् होल्डिङ्स लिमिटेडको साधारणसभाले ११ करोड ६० लाख रूपैयाँ नगद लाभांश पारित गरेको छ। कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।
शिवम् होल्डिङ्समा शिवम् सिमेन्टको ८५ प्रतिशत शेयर लगानी छ।
शिवम् होल्डिङ्सले होङ्शी सिमेन्टमा पनि तीस प्रतिशत लगानी गरेको छ। शिवम् होल्डिङ्सले जारी पुँजीको २० प्रतिशत शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा स्वीकृतिको लागि निवेदन समेत दिएको छ।
कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्न लागेको हो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend