logo
  • आइतबार, असोज १८ २०८३

प्रदर्शनरत फिल्म ‘१२ गाउँ’ को गीत ‘यो मनले’ युट्युबमा सार्वजनिक (भिडिओ)


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक २ २०८१

प्रदर्शनरत फिल्म ‘१२ गाउँ’ को गीत ‘यो मनले’ सार्वजनिक गरिएको छ। फिल्म रिलिजको हप्ता दिनपछि यो गीतलाई युट्युबमा रिलिज गरिएको हो।  अर्जुन पोखरेलको संगीत रहेको यो रोमान्टिक गीतको शब्द मुक्त उदासले लेखेका हुन्। शाहिद माल्या र सञ्जीवनीले यसमा स्वर दिएका छन्।

भिडिओमा अभिनेता विराज भट्ट र डेब्यु अभिनेत्री न्यान्सी खड्का फिचर्ड छन्।

‘१२ गाउँ’ दसैं फूलपातीको अवसर पारेर असोज २४ गते रिलिज भएको हो। यो फिल्मबाट विराजका छोरा समीर भट्टले डेब्यु गरेका छन्। देशभरका हलमा फिल्मले आक्रामक व्यापार गरिरहेको छ।

फिल्मलाई विराज स्वयंले निर्देशन गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend