पब्लिक सूचना
काठमाडौँ । कमल एक्चै मगरको निर्देशन रहेको फिल्म ‘शिरफूल’ युट्युबमा रिलिज भएको छ ।
नाइस मिडिया नेटवर्कको ब्यानरमा फिल्म केही वर्षअघि निर्माण भएको थियो । ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो ।

नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । फिल्म ‘शिरफूल’ नाइस टेलिभिजनको अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
रुपा राना, राज थापा, देवराज आले, विनीता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय फिल्ममा छ ।
राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend