logo
  • आइतबार, असोज १८ २०८३

यस्तो छ अजय देवगनको ‘सिंघम अगेन’ को ट्रेलर (भिडिओ)


  • पब्लिक सूचना
  • मंगलबार, असोज २२ २०८१

बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘सिंघम अगेन’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार जियो स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ४ मिनेट ५३ सेकेन्डको ट्रेलरमा बाजिराव सिंघमले आफ्नी श्रीमतीलाई बचाउन गरेको संघर्ष देखाइएको छ।

रोहित शेट्टी निर्देशित फिल्ममा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूरलगायत कलाकारको अभिनय छ। यो फिल्म दिवालीको अवसर पारेर प्रदर्शन हुनेछ।

यो फिल्म ‘सिंघम’ को तेस्रो भाग भने रोहित शेट्टीको कप युनिभर्सको पाँचौ फिल्म हो। यसअघि उनको कप युनिभर्सको फिल्म ‘सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी’ प्रदर्शन भइसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend