logo
  • आइतबार, असोज १८ २०८३

फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को गीत ‘मैझारो’ सार्वजनिक (भिडिओ)


  • पब्लिक सूचना
  • शुक्रबार, असोज १८ २०८१

फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को नयाँ गीत ‘मैझारो’ सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार युट्युब च्यानलमार्फत रिलिज गरेको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर छ।

गीतले मुख्य पात्रहरूको जीवनकथा बोकेको छ। विशेषगरी गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ। भिडिओमा प्रमुख कलाकार विजय बराल, अञ्जना बराइली र बाल कलाकार स्वायम् केसीको अभिनय छ।

गीतमा पूर्ण बहादुरलाई श्रीमतीले छाडेपछि गाउँ–गाउँमा सारंगी बजाउँदै आफ्नो पीडा सुनाइरहेको देख्न सकिन्छ।  सारंगीतको धूनसँगै गीतमा प्रेम र पीडाको कथालाई  प्रस्तुत गरिएको छ।

फिल्म 'पूर्ण बहादुरको सारङ्गी' फर्स्ट लुक पोस्टर सार्वजनिक - NAYA SANCHAR

यसअघि फिल्मका अन्य दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भइसकेका छन्। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म तिहारको अवसर पारेर कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ। ‘पूर्णबहादुरको सारंगी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित फिल्म हो। सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।

कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend