logo
  • आइतबार, असोज १८ २०८३

क्यानडा टी-२० सिरिजमा क्यानडा संग तेस्रो खेल खेल्दै नेपाल


  • पब्लिक सूचना
  • मंगलबार, असोज १५ २०८१

क्यानडामा भइरहेको टी-२० त्रिकोणात्मक सिरिजमा नेपालले आज राति आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले घरेलु टोली क्यानडासँग ओन्टेरियोको किङ सिटीमा राति पौने दश बजे प्रतिस्पर्धा गर्नेछ।  यसअघि नेपालले सुरूवाती दुई खेलमा एक खेलमा जित र एक खेलमा पराजय भोगेको थियो।

क्यानडाविरूद्धको पहिलो खेलमा १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा आइतबार राति ओमानलाई ३७ रनले पराजित गरेको थियो।

आज क्यानडासँग खेलेपछि नेपालले सिरिजको अन्तिम खेलमा भोलि राति ओमानसँग खेल्नेछ।  त्यसपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। सुरुमा नेपाल र अमेरिकाबीच तीन खेलको टी-२० सिरिज डालासमा हुनेछ।

टी-२० सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend