logo
  • आइतबार, असोज १८ २०८३

विपद्‌पछि चलचित्र ‘आँखा’को प्रदर्शन स्थगित


  • पब्लिक सूचना
  • सोमबार, असोज १४ २०८१

गत शुक्रबार रिलिज फिल्म ‘आँखा’ को पनि प्रदर्शन स्थगित गरिएको छ।

निर्माताले विज्ञप्ति जारी गर्दै बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण फिल्मको प्रदर्शन स्थगित गर्नुपरेको जनाएका छन्। सोमबारदेखि फिल्मको प्रदर्शन स्थगित गरिएको हो।

May be an image of ticket stub and text

‘हालको बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण जनमानसलाई आवतजावत गर्न समेत कठिन भएको परिपेक्षमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई फिल्म आँखालाई केही समयका लागि प्रदर्शन स्थगित गरेका छौं,’ जारी विज्ञप्तिमा भनिएको छ। यो निर्णयबाट प्रदर्शक र दर्शकलाई परेको असुविधाप्रति निर्माताले माफी समेत मागेका छन्।

सहज वातावरण भएपछि फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने जनाइएको छ।

जौन योन्जनको निर्माण एवं निर्देशन रहेको ‘आँखा’ सुकुम्बासी बस्तीको कथामा निर्माण भएको फिल्म हो। यसमा स्मिता लामिछाने र आरके मेहता शीर्ष भूमिकामा छन्। साथमा, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, अभयराज बराल र बाल कलाकार प्रसन राईको पनि अभिनय छ।

गत शुक्रबार रिलिज फिल्म ‘सानो संसार’ को प्रदर्शन पनि यसअघि स्थगित गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend