logo
  • आइतबार, असोज १८ २०८३

आइसिसी विश्वकप लिग-२ मा लगातार हार पछि एकदिवसीय वरीयतामा नेपालको स्थान खस्कियो


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ११ २०८१

एकदिवसीय वरीयतामा नेपालको स्थान खस्किएको छ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र क्यानडाविरूद्धको सिरिजमा जितबिहीन बनेको नेपाल एक स्थान तल झर्दै १७औं स्थानमा पुगेको छ।

May be an image of 10 people and text

नेपालभन्दा तल नामिबिया १८औं, ओमान १९औं र युएई २०औं स्थानमा छन्।  नेपालभन्दा माथि रहेका अमेरिका एक स्थान माथि उक्लिदै १६औं, क्यानडा तीन स्थान माथि उक्लदै १५औं स्थानमा पुगेका छन्।

वरीयतामा भारत शीर्ष स्थानमा छ। दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन्।

  1. •  भारत
  2. •  अष्ट्रेलिया
  3. •  दक्षिण अफ्रिका
  4. •  पाकिस्तान
  5. •  न्यूजिल्याण्ड
  6. •  श्रीलंका
  7. •  इङ्ग्ल्याण्ड
  8. •  बङ्गलादेश
  9. •  अफगानिस्तान
  10. •  वेस्ट इन्डिज
  11. •  स्कटल्याण्ड
  12. •  आयरल्यान्ड
  13. •  जिम्बाब्वे
  14. •  नेदरल्याण्ड्स
  15. •  क्यानडा
  16. •  संयुक्त राज्य अमेरिका
  17. •  नेपाल
  18. •  नामिबिया
  19. •  ओमान
  20. •संयुक्त अरब इमिरेट्स (युएई)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend