logo
  • आइतबार, असोज १८ २०८३

नेपाल सेमिफाइनलमा , अब भारतसँग खेल्ने


  • पब्लिक सूचना
  • बिहिबार, असोज १० २०८१

सानदार कमब्याकमा घरेलु टोली भुटानलाई २-१ ले माथ दिंदै नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा भुटान विरूद्ध मैदानमा उत्रदा सेमिफाइनल प्रवेशका लागि नेपाललाई जितको विकल्प थिएन। यसअघि पाकिस्तानले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुगिसकेको थियो। भुटानलाई भने सेमिफाइनल प्रवेशका लागि बराबरी नै प्रयाप्त थियो।

जहाँ नेपाल विरूद्ध घरेलु टोली भुटानले ४३औं मिनेटमा अग्रता बनायो। योनतेन थारचेनले गोल गरे। पहिलो हाफमा नेपाल १-० ले पछि पर्यो। दोस्रो हाफमा नेपाल दबाबमा थियो। किनकी सेमिफाइनल प्रवेशका लागि जित बाहेकको विकल्प थिएन। १-० ले पछि परेको नेपालले ५६औं मिनेटमा बराबरी गोल फर्कायो। कृष्ण बहादुर आलेको गोलमा खेल १-१ बराबरीमा पुग्यो।

नेपालले खेलमा फर्कने संकेत दियो। बराबरीमा पनि दबाबमा नेपाल थियो।‌ तर खेल सकिन पाँच मिनेट बाँकी छँदा घरेलु टिम र घरेलु दर्शकलाई स्तब्ध बनाउँदै सुजन डंगोलले गोल गरे। यही गोल निर्णायक बनाउँदै नेपालले २-१ को जितमा सेमिफाइनलको यात्रा तय गर्यो।

यो नेपालको दोस्रो जित हो। समुह चरणको ३ खेलमा २ जित र १ हार सहित नेपालले ६ अंक बनायो। नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो। १ बराबरी र २ जितमा ७ अंक बनाएको पाकिस्तान समुह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल रहयो।

भुटानले १ जित १ बराबरी र १ हारमा ४ अंक जोड्दा तेस्रो स्थानमा रहँदै समुह चरणबाट बाहिरियो। समुहको सबैभन्दा कमजोर श्रीलंका ३ खेलमा हार बेहोर्दै अंक बिहिन बन्यो।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले हार्दा दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराउन सफल भएको थियो। अब नेपालले सेमिफाइनलमा भारतलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएको छ। भारत समुह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend