पब्लिक सूचना
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखिने भएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएका छन्।
विद्युतीय अपराधमा अनुसन्धान गर्न आइतवार उनलाई साइबर ब्यूरोले भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। मंगलबार उनीसँग बयानसमेत लिइएको थियो।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसारको कसुर गरेको भन्दै जाहेरी परेको थियो। उनका छोरा निराजनले सोमवार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। रिटमाथि कारण देखाउ आदेश भएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend