logo
  • आइतबार, असोज १८ २०८३

काठमाडौं महानगरका वडा १६ र १२ ले फाइनल खेल्ने


  • पब्लिक सूचना
  • मंगलबार, असोज ८ २०८१

काठमाडौं (आशिष लामिछाने) – काठमाडौं महानगरपालिका वडा नं १६ र वडा नं १२ बीच दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको फाइनल हुने भएको छ ।

लैनचौर फुटसल मैदानमा मंगलवार भएको सेमिफाइनलमा वडा नं १६ ले वडा नं ६ लाई २-१ ले तथा वडा नं १ ले वडा नं २ लाई २-० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन्।

पहिलो सेमीफाइनलमा नामोडुल सान्बो लामाको गोलबाट वडा ६ ले अग्रता बनाएको थियो । तर रविन निरौलाले बराबरी र निर्णायक गोल गर्दै वडा नं १६ लाई उपाधि नजिक पुर्याएका थिए ।

दोस्रो सेमिफाइनलमा वडा नं १२ लाई जित दिलाउन दुवै गोल मनोज महर्जनले गरेका थिए। सो खेलमा मनोज प्लेयर अफ दि म्याच चुनिए । फाइनल बुधबार बिहान ९ बजे हुनेछ । भने पहिलो सेमिफाइनलमा वडा नं १६ लाई जित दिलाउन रबिन निरौलाको मुख्य भूमिका थियो अनि सो खेलमा मनोज प्लेयर अफ दि म्याच पनि चुनिएका थिए।

काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा असाज १ गते देखि सुरु भएको प्रतियोगिताको विजेता टिमले ट्रफीसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसैगरी विधागत उत्कृष्ट, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend