logo
  • आइतबार, असोज १८ २०८३

कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा १२ दिन सवारी चलाउन रोक


  • पब्लिक सूचना
  • मंगलबार, असोज ८ २०८१

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी सिस्नेरी दक्षिणकाली सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको हो ।

दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्ने सवारी आवागमनमा रोक लगाएको सूचनामा उल्लेख छ । नगर प्रमुख मोहन बस्नेतका अनुसार कालोपत्रे कार्य अगाडी बढाउनका लागि उक्त सडकमा सवारी चापका कारणले कठिनाइ भएकाले उक्त सडक खण्डमा गुड्ने सवारी साधनलाई असोज ८ गतेदेखि मिति १९ गतेसम्म (१२ दिन) रोक लगाइएको हो ।

नगरपालिका सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।

सो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौँडा अन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।

460462160_1069279594839811_8605989252545368260_n

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend