logo
  • आइतबार, असोज १८ २०८३

आर्सनलको अपराजित यात्रा कायमै


  • पब्लिक सूचना
  • सोमबार, भाद्र ३१ २०८१

इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। आइतबार भएको खेलमा आर्सनलले टोटनहमलाई १-० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो।

आर्सनलको जितमा गाब्रियलले गरेको गोल निर्णायक बन्यो।

उनले खेलको ६४ मिनेटमा बुकायो शाकाको पासमा गोल गरेका थिए।

आर्सनल नियमित कप्तान ओडेगार्ड र मिडफिल्डर राइसबिना मैदान उत्रिएको थियो। उनीहरूले चोटका कारण खेल गुमाएका हुन्। लिगको दोस्रो स्थानमा रहेको आर्सनलको १० अङ्क भएको छ। टोटनहम चार अङ्क सहित १३औं स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend