logo
  • आइतबार, असोज १८ २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ३० २०८१

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।माननीय उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend