logo
  • आइतबार, असोज १८ २०८३

म्यानचेस्टर युनाइटेडको दोस्रो जित


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ३० २०८१

इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा म्यान्चेस्टर युनाईटेडले साउथह्याम्पटनमाथि सहज जित निकालेको छ ।

चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा युनाईटेडले साउथह्याम्पटनलाई ३-० ले पराजित गरेको हो ।

साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा युनाटेडलाई जित दिलाउन मार्कस रासफोर्ड, म्याथिज डि लेट र एलेक्जेन्डर गोर्नाचोले समान १ गोल गरे ।

युनाइटेडका लागि ३५औं मिनेटमा म्याथिजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । युनाईटेडका लागि मार्कसले ४१औं मिनेटमा अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा गोर्नाचोले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए ।

जितसँगै युनाईटेडको ४ खेलबाट ६ अंक भएको छ । समान खेल खेलेको साउथह्याम्पटन भने अंक बिहीन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend