logo
  • आइतबार, असोज १८ २०८३

एनपिएलका मार्की खेलाडीको टोली‌‌ टुंगो लाग्यो


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ३० २०८१

नेपाल प्रिमियर लिग (एनपिएल) को मार्की खेलाडीको टोली‌‌ टुंगो लागेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार पत्रकार सम्मेलनमा गोला प्रथाद्वारा मार्की खेलाडीको टोली तय भएको थियो।

क्यान सचिव पारस खड्काले कार्यक्रममा खेलाडी अक्सन दशैं अघि हुने जानकारी दिए । अक्सनमा विभिन्न श्रेणीमा खेलाडीलाई विभाजन गरीने छ । मार्की खेलाडीको मुल्य भने २० लाख रुपैयाँ रहेको छ ।

विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्नेछन् ।
८ टोलीको सहभागिता एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गते सम्म हुनेछ ।

टिम – मार्की खेलाडी
काठमाडौं – करण केसी
पोखरा – कुशल भुर्तेल
चितवन – कुशल मल्ल
विराटनगर – सन्दीप लामिछाने
लुम्बिनी – रोहित पौडेल
जनकपुर – आसिफ शेख
कर्णाली – सोमपाल कामी
सुदूरपश्चिम – दीपेन्द्र सिंह ऐरी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend