पब्लिक सूचना
दीपकराज गिरी, दीपाश्री निरौला लगायत सञ्चालक रहेको हलको वार्षिकोत्सवको अवसरमा फिल्म ‘छक्का पञ्जा ४’ निःशुल्क प्रदर्शन गरिने भएको छ।
काठमाडौंको नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाजले भोलि पहिलो वार्षिकोत्सव मनाउँदैछ। सो अवसरमा दीपक–दीपाले आफूहरूको हिट फिल्मलाई २ शो नि:शुल्क प्रदर्शन गर्न लागेका हुन्।
दिउँसो २ः३० र बेलुका ५ः३० बजे तय गरिएको शोको टिकटका लागि काउन्टरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
फिल्म ‘छक्का पञ्जा ४’ गतवर्ष प्रदर्शनमा आएको थियो। हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारहरूको अभिनय छ।
दीपक–दीपाको आगामी फिल्म ‘छक्का पञ्जा ५’ दसैंमा प्रदर्शनमा आउँदैछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend