logo
  • सोमबार, असोज १९ २०८३

दिवा खाजामा रैथाने परिकार प्रयोग कसरी गर्ने भन्ने विषयमा सुझाव माग


  • पब्लिक सूचना
  • बुधबार, भाद्र २६ २०८१

काठमाडौँ, भदौ २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजामा रैथाने परिकार प्रयोग कसरी गर्ने भन्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ ।

मन्त्रालय अन्तर्गतको प्रारम्भिक बाल विकास तथा विद्यालय पोषण शाखाका शाखा अधिकृत सुशीला अर्यालले दिवा खाजामा रैथाने परिकार प्रयोग कसरी गर्ने भन्ने विषयमा सरोकारवालासँग सुझाव माग गर्नुभएको हो ।

अर्यालका अनुसार मन्त्रालयले विद्यालय तहका बालबालिकालाई दिइने दिवा खाजामा स्थानीय रैथाने उत्पादन  समावेश गर्ने दृष्टिले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा तयार पारिसकेको छ ।

उहाँले यसलाई थप परिष्कार गरी कार्यान्वयनमा लैजान भदौ मसान्तभित्र सुझाव दिन सरोकारवाला निकायलाई अर्यालले आग्रह गर्नुभएको हो ।

दिवा खाजाका लागि कस्तो नीति आवश्यक छ ? दिवा खाजासँग जोडेर स्थानीय खाद्यवस्तुको उत्पादन बढाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तरिका के के हुन सक्छन् ।, विद्यालयको दिवा खाजाको पोषणमा खाद्य सुरक्षा र स्वच्छता कसरी सुरक्षित गर्न सकिन्छ ।, स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजाको व्यवस्थापन गर्ने उक्त उपाय के-के हुन सक्छन् ? भन्ने विषयमा मन्त्रालयले सुझाव माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend