logo
  • आइतबार, असोज १८ २०८३

चितवनमा भारी वर्षा


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १६ २०८१

भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजार सडक जलमग्न । पानीको निकास नहुँदा यहाँका केही घरमा पानी पसेको छ । तस्बिरः कृष्ण आचार्य÷रासस

काठमाडौं । चितवनमा भारी वर्षा भएको छ । चितवनको कल्याणपुर–माडी वर्षामापन केन्द्र र आसपासमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार थप वर्षा हुन सक्ने देखिएको छ ।

रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको सम्भावना देखिएको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend