logo
  • आइतबार, असोज १८ २०८३

बाँकेबाट ३४ तोला सुन र साढे १० केजी चाँदी बरामद


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ११ २०८१

बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदी बरामद गरेको छ।

सोमबार दिउँसो विषेश सुराकीको आधारमा प्रहरीले बिल भरपाइ नभएको ३४ तोला सुन र साढे १० केजी चाँदीसहित केही मानिसलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गरिने एसपी कार्कीले बताए।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले विषेश सूचनाका आधारमा सुन बनाउने एक कारखानामा सुन दिन गएका व्यक्तिलाई पिछा गर्ने क्रममा ठूलो परिमाणमा सुन र चाँदीसहित केही मानिसलाई नियन्त्रणमा लिइएको बताए।

पक्राउ परेकाहरूले ‘सुनारमण्डली’ भन्ने ठाउँबाट ३४ तोला सुन र चाँदी ल्याएको प्रारम्भिक बयान दिएको डिएसपी डाँगीले जानकारी दिए।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend