logo
  • आइतबार, असोज १८ २०८३

२९ सय विन्दुमुनि झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ९ २०८१

आइतबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ।

नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा बन्द भएको छ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

बिहीबार १९ अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १९ अर्ब ७४ करोडको कारोबार भएको छ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा ५८ करोड रूपैयाँ बढेको हो।

यसदिन ३३३ वटा धितोपत्रको चार करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच भएको हो।

आइतबार ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ वटाको घटेको छ।

यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ।

यस्तै, मन्दाकिनी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९१ प्रतिशतले घटेर प्रति कित्ता ८७३ रूपैयाँमा झरेको छ।

१०.२५% केबिएल डिबेन्चर २०८६ को मूल्य ९.०९ प्रतिशतले घटेको छ।

उक्त डिबेन्चरको मूल्य एक हजार २५ रूपैयाँ ५० पैसा कायम भएको छ।

आइतबार अपी पावरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ३६७ रूपैयाँमा ८४ करोड ६८ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.०५ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९२२ रूपैयाँमा ७३ करोड ४३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक बढेको १.०८ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।

यसदिन बैंकिङ, वित्त, जलविद्युत, लगानी र अन्य समूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend