logo
  • आइतबार, असोज १८ २०८३

युएई सर्‍यो महिला टी–२० विश्वकप


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ९ २०८१

बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाका कारण आइसिसी महिला टी–२० विश्वकप क्रिकेट संयुक्त अरब इमिरेट् (युएई) मा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले यसअघि बङ्गलादेशमा अक्टोबर ३ देखि २० तारिखसम्म आयोजना तय भएको विश्वकप युएई सारेको हो । आइसिसीका अनुसार महिला विश्वकपका खेलहरू युएई र शारजहामा सहरमा हुनेछ ।

आइसिसीले पछिल्लो महिना बङ्गलादेशमा चर्किएको सरकार विरोधी अन्योलका कारण स्थिति तनावपूर्ण रहेकोले विश्वकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न  सम्भव नभएको उल्लेख गरेको छ ।

आन्दोलनका कारण महिला  विश्वकपमा सहभागिता जनाउने अस्ट्रेलिया, इङ्गल्यान्ड र भारत सरकारले आफ्ना नागरिकलाई बङ्गलादेश यात्रा नगर्न ट्राभल एडभाइजरी समेत जारी गरेका थिए । महिला टी–२० विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend