logo
  • सोमबार, असोज १९ २०८३

जहाज दुर्घटनामा ज्यान गुमाएकाकाे स्मृतिमा अक्षयकोष स्थापना


  • पब्लिक सूचना
  • बुधबार, भाद्र ५ २०८१

वालिङ, भदौ ५ गते । जहाज दुर्घटनामा ज्यान गुमाएका राजन र अनिसाको स्मृतिमा बालगृहमा अक्षयकोषको स्थापना गरिएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाकी सीता सापकोटाले आफ्ना छोरा राजन साप्कोटा र बुहारी अनिसा साप्कोटाको स्मृतिमा अक्षय कोषको स्थापना गर्नुभएको हो।

स्याङ्जाको फेदीखोलामा रहेको अमोर सेवा नेपालको बालगृहमा एक लाख ११ हजार १११ को अक्षय कोषको स्थापना गर्नुभएको हो । सीताले बालगृहमा रहेका बालबालिकाहरुको पढाईलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “बालगृहमा अभिभावकविहिन नानीबाबु छन् उनीहरुको शिक्षामा सहयोग पुगोस् भनेर कोषको स्थापना गरेकी हुँ ।”

बालगृहमा ३४ जना बालबालिकाले आश्रय लिएर बसेका गृहकी आमा कमला पराजुलीले बताउनुभयो । विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा आफूले काम गर्दै आइरहेको उहाँको भनाइ छ ।

२०७९ साल माघ १ गते पोखरामा भएको यती एयरलाईन्सको जहाज दुर्घटनामा परेर राजन र अनिसाको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend