निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको श्रेष्ठ युवा वातावरण अभियन्ता विधामा श्री अशिष लामिछानेलाई सम्मान गरिएको हो । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

श्री अशिष लामिछाने एशिया क्षेत्रका लागि सस्टेनेबिलिटी वीक इन्टरनेशनलका फोकल पर्सन हुनुहुन्छ र ग्रीन रेंजर्स अर्थका संस्थापक सदस्य पनि हुनुहुन्छ।

रौतहटको चन्द्रनिगाहपुर निवासी श्री अशिष लामिछानेले वातावरण विज्ञानमा स्नातक गरेका छन्। उहाँ एक शिक्षक, वातावरण अभियन्ता, र एसडीजीहरूका प्रवक्ताको रूपमा कार्यरत हुनुहुन्छ। उहाँसँग क्षेत्रीय र बाह्य अध्ययन, अनुसन्धान, र जागरूकतासँग सम्बन्धित अभियानहरूमा ५-६ वर्षको अनुभव छ।
उहाँलाई UNDP र सामसुङसहित टुनजा इको जेनेरेसनले प्रदान गर्ने ECO HERO AWARD 2021 बाट सम्मानित गरिएको छ।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् ।

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी दिनेश डिसिले गरेका थिए ।


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend