logo
  • आइतबार, असोज १८ २०८३

आजदेखि साफ यू-२० च्याम्पियनसिपमा , उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै नेपाल


  • पब्लिक सूचना
  • आइतबार, भाद्र २ २०८१

साफ यू-२० च्याम्पियनसिप फुटबल आजदेखि सुरू हुँदैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन्।

खेल अपराह्न चार बजे सुरू हुनेछ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।

प्रतियोगिताका समूह चरणका ६ खेल, सेमिफाइनलका २ खेल र फाइनल गरी कुल ९ खेल हुनेछन्।

प्रतियोगिताका खेलहरू यसअघि दशरथ रंगशालामा हुने भनिएपनि खेल्नका लागि अयोग्य भएपछि एन्फा कम्प्लेक्समा सारिएको हो।

दशरथ रंगशालामा यसअघि मंगलबार एएफसी च्यालेन्ज लिगअन्तर्गत नेपालको लिग च्याम्पियन चर्च ब्वाइज क्लब र भुटानको पारोबीच प्रारम्भिक चरणको खेलमा दशरथ रंगशालामा खेल भएको थियो।

तर मैदान हिलो हुँदा आलोचना भएको थियो। हिलोका कारण बल राम्ररी गुड्न सकेको थिएन भने दश मिनेटको खेल नसकिदै दुवै टोलीका खेलाडी जर्सी तथा बुट हिलाम्मे भएको थियो। यस्तै चिप्लोका कारण खेलाडीहरुलाई कुद्न समस्या भएको थियो भने प्रहार गरेको बल ठाँउमा पुग्न कठिनाइ भएको थियो।

खेलमा जापानी स्टार होन्डाले पारोको कप्तानी गरेका थिए। उनको कप्तानीमा पारोले २-१ ले खेल जितेको थियो। खेलअघि होन्डा तथा पारोले मैदानको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै खराब भएको प्रतिक्रिया दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend