पब्लिक सूचना
यतिबेला बलिउड अभिनेत्री श्रद्धा कपूर आगामी फिल्म ‘स्त्री २’ लाई लिएर चर्चामा छिन्।
योसँगै उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा आएकी छन्। यसैवर्ष उनको नाम राहुल मोदीसँग जोडिएको थियो। उनीहरू दुई अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङको लागि जामनगर जान एकसाथ मुम्बई एयरपोर्टमा पुगेका थिए।
केही समयअघि उनीहरूले विवाह गर्न लागेको खबर समेत बाहिरिएको थियो। तर हाल उनीहरूको ब्रेकअपको खबर बाहिरिएको छ।
टाइम्स अफ इन्डियाका अनुसार उनीहरूले एक अर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन्। श्रद्धाले राहुललाई मात्र नभई उनकी बहिनी, प्रोडक्सन हाउस र कुकुरको अकाउन्टलाई समेत अनफलो गरेकी छन्। तर श्रद्धा र राहुलले यस खबरलाई पुष्टी गरेका छैनन्।
राहुलले ‘तू झूठी मैं मक्कार’ को स्क्रिप्ट लेखेका थिए। उनी सहायक निर्देशक समेत हुन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend