logo
  • आइतबार, असोज १८ २०८३

‘छक्कापञ्जा ५’ को पहिलो गीत सार्वजनिक (भिडिओ)


  • पब्लिक सूचना
  • मंगलबार, साउन २९ २०८१

फिल्म ‘छक्कापञ्जा ५’ को पहिलो गीत सार्वजनिक गरिएको छ।

सोमबार बेलुका ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक ‘बिहे भाको छैन’ बोलको गीतको भिडिओमा फिल्मका शीर्ष कलाकार अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन्।

भिडिओलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन्।

गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ। यसका शब्द दीपकराज गिरी र दीपक शर्मा मिलेर लेखेका हुन्।

दीपक शर्माको संगीत निर्देशन रहेको गीतमा रिकेश गुरूङले संगीत संयोजनको काम गरेका छन्।

दीपाश्री निरौलाको निर्देशनमा तयार ‘छक्कापञ्जा ५’ मा दीपकराज र वर्षासहित केदार घिमिरेको शीर्ष अभिनय छ। कार्यकारी निर्मातामा केदार र निर्मल शर्मा छन्।

हरि हुँमागाईंको डिओपी रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गर्नेछन्।

आमा सरस्वती मुभिज र आइएमआईको प्रस्तुति रहेको फिल्म दसैंको अवसर पारेर असोज २४ गते फूलपातिमा रिलिज हुनेछ।

‘छक्का पञ्जा’ का यसअघिका सबै शृंखलाले बक्स अफिसमा बम्पर व्यापार गरेका छन्। सोहीकारण पनि पाँचौं शृंखला दर्शकमाझ प्रतीक्षित मानिएको छ।

भिडिओः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend