पब्लिक सूचना
युनिलिभर नेपालको नाफा एक अर्ब ८७ करोड रूपैयाँ पुगेको छ।
कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण अनुसार यस्तो देखिएको हो।
कम्पनीको नाफा ७.६२ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष २०७९–८० मा कम्पनीले एक अर्ब ८३ करोड रूपैयाँ कमाएको थियो।
कम्पनीको आम्दानी समान्य घटे पनि प्रशासनिक लगायतका खर्च कटाउन सक्दा नाफामा सुधार भएको हो।
अघिल्लो वर्ष आठ अर्ब ६७ करोड आम्दानी गरेको कम्पनीको यो रकम घटेर आठ अर्ब ४८ करोडमा सीमित भएको छ।
कम्पनीको अन्य आम्दानीमा पनि सामान्य सुधार भएर २४ करोड पुगेको छ। यसअघि यस्तो अन्य आम्दानी १९ करोड थियो।
यसअघि ६ अर्ब ४३ करोड प्रशासनिक लगायत खर्च रहेकोमा यसमा सुधार भएर ६ अर्ब ६ करोडमा सीमित भएको छ।
९ करोड २१ लाख चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित आम्दानी चार अर्ब ७७ करोड रूपैयाँ छ।
कम्पनीसँग एक अर्ब एक करोड बराबरको बेच्न बाँकी र कच्चा सामानको भण्डारण छ। यसमा सामान्य वृद्धि भएको छ।
कम्पनीले बजारबाट एक अर्ब १८ करोड भुक्तानी प्राप्त गर्न बाँकी रहँदा तिर्न पर्ने यस्तो रकम एक अर्ब ९२ करोड छ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर दुई हजार एक सय ४४ रूपैयाँ पुगेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend