logo
  • आइतबार, असोज १८ २०८३

अमेरिकामा नेपथ्यको श्रृंखलाबद्ध सांगीतिक यात्रा


  • पब्लिक सूचना
  • आइतबार, साउन १३ २०८१

काठमाडौँ — लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी महिना अमेरिकामा श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्दैछ । नेपथ्यको यो छैठौं अमेरिका यात्रा हो ।

अमेरिकामा नेपथ्यको श्रृंखलाबद्ध सांगीतिक यात्रा

अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्मका सात फरक-फरक सहरमा ब्यान्डले प्रस्तुति दिनेछ । आगामी साता अमेरिका उड्ने तयारीमा रहेको ब्यान्डले साउन १९ मा कोलोराडोको राजधानी डेनभर सहरमा पहिलो प्रस्तुति दिनेछ । दोश्रो प्रस्तुति भने अमेरिकाको पश्चिमी तटकै सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा साउन २६ मा हुनेछ । यही हलमा आठ वर्षअघि नेपथ्य गुञ्जिएको थियो ।

ओहायो राज्यको राजधानी कोलम्बसको ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा भने ब्यान्डले भदौ १ मा तेस्रो प्रस्तुति पस्कनेछ । त्यसरी नै चौथो प्रस्तुति टेक्सास(भदौ ८), अनि न्यूयोर्कको म्यानहटन(भदौ १४)मा भने पाँचौं प्रस्तुति ‘नेपथ्य-साँझ’ आयोजना हुने बताइएको छ ।

त्यसलगतै ब्यान्ड दक्षिणतर्फको मेरिल्यान्ड राज्यमा भदौ १६ गुञ्जनेछ । यसरी अमेरिकाका फरक-फरक सहरहरूमा आफूलाई उभ्याइसकेपछि अन्तिम कन्सर्ट पेन्सिलभानियाको ह्यारिसवर्ग सहर ‘द फोरम अडिटोरियम’मा प्रस्तुति हुनेछ । नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङ्टन डीसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछि ब्यान्डले न्युयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।

गत वर्ष मात्रै क्यानडामा श्रृंखलाबद्ध सांगीतिक यात्रा गरेको ब्यान्डले अमेरिकामा भने कोभिड महामारीपछि पहिलो यात्रा गर्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend