logo
  • आइतबार, असोज १८ २०८३

ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु


  • पब्लिक सूचना
  • शुक्रबार, साउन ११ २०८१

११ साउन, काठमाडौं । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।

ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन् । बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको एसपी सुवेदीले बताए ।

प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । एसपी सुवेदीले  घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend