logo
  • आइतबार, असोज १८ २०८३

तोलामा दुई हजार चार सयले घट्यो सुनको मूल्य


  • पब्लिक सूचना
  • बिहिबार, साउन १० २०८१

काठमाडौँ,  साउन १० गते ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. दुई हजार चार सयले घटेको छ ।

बुधबार प्रतितोला रु. एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४५ हजार निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला रु. एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ५५ ले घटेको छ । बुधबार प्रतितोला रु. एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend