रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्


लेखक : admin      ६ पुष २०७८, मंगलवार १५:१० मा प्रकाशित     
रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्

कृयसन एण्ड एआर इन्टरटेण्मेण्टको आयोजनामा बालकुमारी स्थित म्युजिक सिटीको सिटी हलमा सम्पन्न रनवे मोडल सुपर स्टार २०२१ को ताज उर्गेन घलान र श्वेता श्रेष्ठले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका घलान र श्रेष्ठले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । विजेताको ताजसँगै घलान र श्रेष्ठले आयोजकबाट नगद २५ हजार र प्रायोजकका तर्फबाट गिफ्ट हाम्परहरु समेत प्राप्त गरे । उनीहरुले डिस अफिसियल र डेण्टल प्रो इम्प्लाण्ट क्लिनिकबाट गिफ्ट हाम्पर तथा न्यु जेनिथ इङ्लिस मोडेल कलेजबाट दश जोड दुई अध्ययनका लागि एक लाखसम्मको छात्रब्रित्ती सुविधा र इडिआई ग्लोबल एडुकेशन काठमाडौंका तर्फबाट ५० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत रिया लामा र सन्दिप परियारले अर्गनाइजर च्वाईस, रेश्मा श्रेष्ठ र अजित चढुङगेलले ब्राण्ड एम्बेसडर, विशाखा लामा र मिलन लाप्चाले भ्युअर च्वाईसको उपाधी हात पारे । इभेण्टका प्रतियोगिहरु जिएसके भर्सटाईलकी गोमा तिवारी, एलिज वारड्रोबका एलिज घिमिरे र डिस अफिसियलका सुरज राई र आरोही बलामीको फेशन डिजाईनमा तयार पारिएको पोशाक लगाएर र्याम्पमा उत्रिएका थिए । प्रतियोगिताको इभेण्ट डाईरेक्टरमा राज तामाङ्, कोरियोग्राफरमा आर्शु महर्जन, अफिसियल कोअर्डिनेटरमा बिशेष श्रेष्ठ, कोअर्डिनेटरमा सुमन तामाङ् र निर्जला रजक श्रेष्ठ रहेका थिए । कार्यक्रम सौहार्दपुर्ण तबरले सम्पन्न भएको आयोजक संस्थाका सिईओ सागर मगरले बताएका छन् ।

Copy link
Powered by Social Snap