भारतको उडिसामा अभिनेत्री नितु कोईरालाको प्रस्तुतीले बटुल्यो चर्चा


लेखक : admin      ६ पुष २०७८, मंगलवार १५:१८ मा प्रकाशित     
भारतको उडिसामा अभिनेत्री नितु कोईरालाको प्रस्तुतीले बटुल्यो चर्चा

नेपाली अभिनेत्री नितु कोईरालाले भारतको उडिसामा भएको एक वृहत कार्यक्रममा आफ्नो प्रस्तुतीले उडिसावासी माझ लोकप्रियता बटुलेकी छिन । मिस एण्ड मिसेस ग्लोबल ईण्डिया २०२१ भव्य ग्राण्ड फिनालेमा उनले निर्णायकको भूमिका निर्वाह गर्नुका साथै सेलेब्रेटी अतिथीको रुपमा विशेष सम्मानित समेत भएकी थिईन । नेपाली कला संस्कृति झल्कने भेषभुषामा आकर्षक नृत्य पस्केर उडिसावासी माझ नेपाली संस्कृतिको समेत प्रवद्र्धन गरेकी छिन ।
कार्यक्रम आयोजकको विशेष निमन्त्रणामा करीब २ हप्ता लामो समय भारतका मुख्य शहरहरुको भ्रमणमा निस्किएकी अभिनेत्री कोईरालालाई विभिन्न संघ संस्थाबाट विशेष सम्मान गर्दै आईरहेको छ ।
कोईरालाको प्रस्तुतिलाई त्यहाँ उपस्थित दर्शक,अतिथीका साथै आयोजकहरुले खुलेर प्रशंसा गरेका थिए । राष्ट्र अन्तराष्ट्रिय अवार्ड जित्दै आईरहेकी कोईरालालाई विगत २ वर्षदेखि भारतका विभिन्न सामाजिक संघ संस्थाले विशेष अवार्ड तथा सम्मानबाट सम्मानित गर्दै आईरहेको छ ।

Copy link
Powered by Social Snap