पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा पुनः लिलेन्द्रप्रसाद प्रधान


लेखक : admin      २२ चैत्र २०७७, आईतवार ०६:३२ मा प्रकाशित     
पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा पुनः लिलेन्द्रप्रसाद प्रधान

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा पुनः लिलेन्द्रप्रसाद प्रधान विजयी हुनु भएको छ । काठमाडौंमा सम्पन्न एशोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो । नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिनु भएको थियो। प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाउनुभयो ।

एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा ई. विनोद कुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल कुमार बिड्ला निर्वाचित हुनु भएको छ । यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी हुनु भएको छ ।

Copy link
Powered by Social Snap